बीरगंज,१७ असोज ।झण्डै दुई महिनादेखी मधेश तराइ क्षेत्रमा बन्द हडताल सहित आन्दोलन गर्दै आएको मधेशी मोर्चाले सरकारसँग वार्ता गर्न समिति बनाएको छ । आइतबार बसेको मधेशी मोर्चाको बैठकले सरकारी वार्ता टोलिसँग वार्ता गर्न समिति बनाउँदै आन्दोलनलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

सरकारसँग औपचारिकरुपमा वार्ता गर्न सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । यसअघि मोर्चाका तर्फबा महन्थ ठाकुरले अनौपचारिक वार्ता गर्दै आएका थिए । मधेसी मोर्चाले विज्ञप्ती जारी गर्दै आन्दोलन र संघर्षका कार्यक्रम यथावत राख्दै सरकारसँग वार्ता गर्न टोली गठन गरेको जनाएको छ ।

वार्ता टोलीमा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय छन्। ठाकुर र तीन दलको वार्ता टोलीबीच विभिन्न चरणमा अनौपचारिक वार्ता भएपछि औपचारिक वार्ताका लागि मधेसी मोर्चाले चार सदस्यीय टोली गठन गरेको हो।

madheshi