बिक्रम संबत २०२७ सालमा पर्सा जिल्लाको बिश्रामपुरको फुलकौलमा जन्मनु भएको राजकुमार गुप्ता स्कुले जीवन देखि नै सबै प्रकारको बेथितिको बिरुद्धमा लड्ने खालको स्वभावका हुनुहुन्थ्यो । एमालेको बिद्यार्थी संगठन अनेरास्वबियुमा संगठित हुँदै राजनीतिक यात्रा शुरु गर्नुभएको गुप्ताले बिस्तारै युवा संघ हुंदै २०४४ सालमा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । त्यसपछि बिस्तारै बिशेष गरि पर्सा जिल्लाको तत्कालिन निर्बाचन क्षेत्र नम्बर ३ का जनताको सुख र दुःखमा प्रत्यक्ष रुपमा संलग्न भएर जिवन्त राजनीतिक यात्रामा लाग्नुभएको गुप्ताले २०७० सालको मंसीरमा सम्पन्न भएको संबिधान सभाको निर्बाचनमा पुर्ब मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता अजय चौरसियालाई भारी मतान्तरले पराजित गरेपछि चर्चाको शिखरमा पुग्नु भएको थियो । यसै सेरोफेरोमा उहाँसंग गरिएको कुराको संक्षिप्त ः

 तपाई पहिला पनि संबिधान सभाको सदस्यमा निर्बाचित भैसक्नु भएको थियो आफ्नो निर्बाचत क्षेत्रका जनताको लागि के गर्नुभयो ?

मेरो अभिष्ठ भनेको नै क्षेत्रका हरेक बासिन्दाको जीवनस्तर माथि उठाऊँ र बिकास निर्माणको मूल फुठाऊँ भन्ने नै थियो तर सोचेजस्तो भएन । मैले गरेको काम भनेको क्षेत्रको समग्र बिकासको लागि आउने रकमको दूरुपयोग रोक्नुथिया । त्यसमा केही हदसम्म सफलता प्राप्त भएको छ र कमिशनको गोलचक्करमा जसरी हाम्रा स्थानीय बासिन्दाको अधिकार खोसिएको थियो त्यसलाई पनि रोक्नु प्रयाप्त भएका छन । पुल पुलेसा, सडक ग्राभेल, पानी बत्ति, शिक्षा, स्वास्थ्य र समाजको समग्र बिकासको लागि कुनै कसर बाँकी नराख्ने गरि मैले आफ्नो भूमिका निर्बाह गरेको छु र त्यसबाट स्थानीय बासिन्दा लाभान्वित पनि भएका छन ।

 पहिलाको निर्बाचन क्षेत्रका अधिकाँस गाऊँ परिवर्तन भएका छन र क्षेत्र समेत परिवर्तन भएको छ यस्तो बेला फेरि पनि बाव गठबन्ँधनको तर्फबाट तपाई क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदको उम्मेदवार बन्नु भएको छ तपाईको जित्ने आधार के छन छ ?

गाऊँ र वडा एक क्षेत्रबाट अर्को क्षेत्रमा समायोजन भएपनि पर्साका जनताको मनलाई कसैले पनि परिवर्तन गर्न सक्दैन । यहाँका नागरिकको मनमनमा रहेको एमाले प्रतिको धारणालाई कसैले पनि परिवर्तन गर्न सक्ने अवस्था समेत नभएको हुनाले त्यसले खासै फरक पर्ने वाला छैन । हामीले कसैप्रैति पनि बेइमानी गरेका छैनौं, नसक्ने काम गर्छौं भनेका छैन र पुरा नहुने आश्वासन पनि जनतालाई बाँडेका छैनौं त्यसैले् अब अनेक खालको समस्या र चुनौति छन त्यसालाई सामना गरेर निर्बाचन क्षेत्र नम्बर ३ का बासिन्दाको अनुहारमा हाँसो ल्याउने र उहाँहरुको जीवनस्तर माथि उकास्नको लागि कुनै कसर बाँकी नराख्नु संकल्प बोकेर निर्बाचनमा खडा भएको छु त्यसले सार्थकता पाऊँछ नै । राष्ट्रिय राजनीतिमा एमालेले लिएको स्पष्ट नीति, राजमार्ग फराकिलो पार्ने काम, हुलाकी राजमार्ग निर्माण, सबै जाती, भाषा, धर्म र संस्कृति एवँ सम्प्रदायलाई हेर्न समान दृष्टीकोण, अधिकारलाई सुनिश्चित गर्ने बनाइएका आयोगm बृद्ध—बृद्धा, एकल महिला, असक्त र समाजीक रुपमा पछि पारिएका समुदायलाई समाजकि सुरक्षा भत्ता बितरण, समाजबाट बार्षौंदेखि पछि पारिएका बर्गलाई मुल धारमा ल्याउन काम, सबैलार्य समान अधिकार, तराईका हजारौं दलीत परिवारलाई घर निर्माण गरि हस्तान्तरण,किसान, मजदुर, बिद्यार्थी, सबै पेशा र ब्याबसायीहरुलाई हाँसि—हाँसि कानूनले दिएको अधिकार प्रयोग गर्ने काममा एमालेनै लागि परेको हुनाले यो भन्दा ठूलो जित्ने आधार अरु के हुन्छ र एमालेको लागि ।

 एमाले मधेश बिरोधी भन्ने आरोप लगाइँदै छ नी ?

यो सरासर एमालेको लोकप्रियताबाट आत्तालिएकाहरुले लगाउने निराधार आरोप मात्र हो । आफ्नो गाऊँ आफैं बनाऊँ तराईका सदरमुकामको समग्र बिकासको करोडौं रकमको बिनियोजन, शिक्षा स्वास्थ्य र समाजिक सुरक्षा, महिला बालबालिकालाई आशालाग्दो भाबिष्यको मार्ग चित्र पहिल्याउने काम, सबै मधेशीलाई अधिकार सम्पन्न गराउने र यहाँको जनताको लागि कुनै पनि अप्रिय हुने खालको काम एमालेले गरेको हुनाले मधेश र मधेशी जनताको पक्षमा सबै भन्दा बढि काम एमालेले नै गरेको हुनाले हाम्रो जीतको आधार पनि त्यही नै हो । जस्ले सबैभन्दा बढी काम मधेशीको पक्षमा एमालेले गर्यो त्यो कसरी मधेश र मधेशी जनताको बिरोधी हुनसक्छ ? त्यसैले सबैको हीतमा काम गर्ने त्यसमा पनि अहिले त बाम गठबन्ध भएको हुनाले हाम्रा जितलाई कसैले पनि रोक्न सक्दैन ।