बीरगंज, २६ साउन ÷ संयुक्त मधेशी मोर्चा पर्साले संविधानमा ६ प्रदेशको सीमाङकन गरी मधेशलाई टुक्राइएकोमा विरोध गर्दै आज पनि बीरगंजमा प्रदर्शन गरेको छ । बीरगंजको घण्टाघरमा गरिएको प्रदर्शनमा मोर्चाका नेता, कार्यकर्ताहरुले समग्र मधेश एक प्रदेशको माग गरेका थिए । उनिहरुले मधेशलाई टुक्राएर ल्याइएको सीमाङकन कुनै पनि अवस्थामा मान्य नहुने बताउदै सहमतिमा सीमाङकनसहितको संविधान जारी हुनुपर्ने माग गरेका थिए । प्रदर्शनमा पर्साबाट ठोरीलाई नअलग्गाउन पनि माग गरिएको थियो । घण्टाघरमा टायर बालेर, तुल, ब्यानर, प्लेकार्ड, झण्डासहित साझ गरिएको प्रदर्शनमा मोर्चाका पर्सा संयोजक प्रदीप यादवलगायत मोर्चासंग आवद्ध पार्टीका नेताहरु करिमा बेगम, नेजामुदिन साह, पिएल श्रेष्ठ, कार्यकर्ताहरुको सहभागिता थियो । मोर्चाले हिजो पनि बीरगंजमा सीमाङकनको विरोधमा प्रदर्शन गरेको थियो ।