वीरगंज,असोज ६ । असोज ३ गते प्रहरीको गोलिबाट मारिएका शत्रुधन पटेलको शव अहिले नाउक्षे अस्पतालको शव गृहबाट शवयात्रा गरि नगर र गाउको परिक्रमापछि अन्त्येष्टी गरिने छ । हजारौको संख्यामा मानिसहरु एकितृत भएर मधेश आन्दोलनको क्रममा बीरगंजमा मारिएका पटेललाई विदाई गरेका थिए । शवयात्रामा स्थानिय मधेशवादी दलका नेता, कार्यकर्ता, उद्योगी व्यापारी, किसान, मजदुर, महिला, मानवअधिकारवादी, संचारकर्मिहरुको सहभागिता थियो । शवयात्रा अस्पतालबाट निकालिएपछि सडक, फुटपाथ, छत आदिबाट स्थानियमानिसले सहभागि भएर आन्दोलनका शहिदहरुलाई अन्तिम विदाई गरेका थिए । शवयात्रा मेनरोड भएर घण्टाघर हुदै जन्मभुमि गाबिस पकहा मैनपुर पुगेर अन्त्येष्टि गरिने बताइएको छ ।