रौतहट २८ भदौ । प्रादेशिक सीमांकनको विषयलाई लिएर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाका पाँच जना नेताहरु रौतहटमा पक्राउ परेका छन् ।रौतहटमा भइरहेको आन्दोलनको अगुवाइ गर्ने फोरम लोकतान्त्रीकका जिल्ला अध्यक्ष अजय गुप्ता, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, तराई मधेश लोकतान्त्रिक पार्टीका अनिल सिंह, मधेशी जनअधिकार पफोरम नेपालका रामकिशोर यादव र रामेश्वरप्रसाद यादवलाई गौर नगर क्षेत्रबाट पक्राउ गरेको हो । सोधपुछका लागि उनीहरुलाई पक्राउ गरेको बताएको प्रहरीले के कस्तो अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भन्ने खुलाएको छैन ।