वीरगंज मंसिर ४ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका समस्या समाधानका लागि नेपाली कांग्रेस सक्रिय रुपमा लागी परेको बताउनु भएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाले वीरगंजको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलेले मधेशका समस्या समाधान नभए सम्म संविधान कार्यान्वयन नहुने र निर्वाचन पनि हुन नसक्ने हु“दा समस्या समाधानका लागि आफुहरु लागी परेको बताउनुभयो । मधेशको समस्या समाधानका लागी नै कांग्रेसले तराइ मधेश संवाद अभियान शुरु गरेको बताउदै आफुहरुले मधेशी दलका स्थानिय नेताहरु सँग छलफल गरी रहेको बताउनुभयो । संविधान संशोधनका लागी उठेका विषयहरु संशोधन गरेर लैजाने र संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले सबै बिषयलाई समेटेर संधशोधनको तयारी गरी रहेको बताउनुभयो । उहाँले तराइमा पनि राम्रो वातावरण बन्दै गएको र मधेशी जनताहरु पनि सकरात्मक रुपमा अघि बढिरहेकोले सरकार प्रतिको तिक्ताता पनि घटदै गएको आफुले पाएको बताउनुभयो । पत्रकारहरुको जिज्ञासामा नेता पौडेलले लोकमान सिंह कार्कीले बदमासी गर्दैमा पुरै संस्थालाई नै धरापमा पार्ने काम कसैबाट पनि हुनु नहुने कुरामा जोड दिदै यस सम्बन्धमा संसदले छानबिन गर्ने बताउनुभयो । स्थानिय निकायका जन प्रतिनिधी नुहदा भ्रष्टाचार बढेको भन्दै छिट्टै सिमांकनको पुर्नसंरचना गरी चैत्र मसान्त सम्म जसरी पनि स्थानिय निकायको निर्वाचन हुने र संविधानले तोकेको समय सिमा भित्र संघ र संसदको चुनाव सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, रामकृष्ण घिमिरे, रामकृष्ण यादव, सांसदद्वय राजेन्द्र बहादुर अमात्य, अनिल रुंगटा, पुर्व सभासद शोभाकर पराजुली, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, पुर्व केन्द्रिय सदस्य दिपेन्द्र चौहान लगायतको उपस्थिती रहेको थियो ।