वीरगंज, भदौ २४ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक शिशु शर्माले लागुऔषधसहित एक युवति पक्राउ परेको बताउनु भएको छ । बीरगंजबाट गएको ना ५ ख ५3७१ नम्बरको यात्रुबाहक बसलाई पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रह प्रवेश यादवको नेतृत्वमा गएको प्रहरीले चेकजाच गर्ने क्रममा शरिरमा लुकाएको अवस्थामा नर्फिन, फेनारगन, डाइजेपाम १५० पिस फेला परेको प्रवक्ता शर्माले बताउनुभयो । वहाले काठमाडौं थानकोट निवासी 2१ वर्षिय निमा गुरुङलाई पक्राउ गरि आवश्यक कार्यवाही अगाडी बढाएाको पनि जानकारी दिनुभएको छ ।