वीरगंज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाजा विरुद्धको अभियानको लागि परिचालित इलाका प्रहरी कार्यालय मनहरीले हिजो राक्सी गाउपालिकाको विभिन्न वार्डमा गाजाखेतिका लागि तयारी गरिएको ब्याड र गाजाखेतिसमेत नष्ट गरेको प्रवक्ता दिलिपराज झाले जानकारी गराएका छन । प्रहरी टोलिले १४७ कठ्ठा ब्याड, १५० कठ्ठा गाजाखेति नष्ट गरेको प्रवक्ता झाले बताउनुभयो ।