वीरगंज १४ बैशाख ।रसुवालाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो पुनः भुइचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर २० मिनेटमा रसुवाको गोसाइकुण्ड नजिक केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको परकम्पन गएको हो ।  १२ बैशाखमा ७.८ रेक्टरको विनासकारी भूकम्प गएको १ वर्ष बितिसक्दा पनि भुइँचालोका परकम्पन जाने क्रम रोकिएको छैन ।  यो अवधिमा साना ठूलो गरी झण्डै ३ हजार बढी भुइँचालो भूकम्पका परकम्पनहरु गएका छन् ।