वीरगंज श्रावण २

वीरगञ्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा भन्दा २१ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको छ । तर कार्यालयले विभागले दिएको राजश्व भन्दा केहि प्रतिशत कम राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १ खर्ब ३१ अर्ब ३१ लख १७ हजार रुपैंया राजश्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७३÷७४ को भन्दा २२ अर्ब ८९ करोड ३२ लाख ७४ हजार रुपैयाँले बढी छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ८ अर्ब १० करोड ९८ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयले भन्सार कर, मुल्य अभिवृद्धि कर, अन्त शुल्क, पूर्वाधार कर लगायतका कर संकलन गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ मा कार्यालयले भन्सार विभागले दिएको लक्ष्य भने पुरा गर्न सकेको छैन । भन्सार विभागले कार्यालयलाई १ अर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा २.५ प्रतिशत कम राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले लक्ष्य भन्दा २.१७ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको थियो ।