वीरगंज, ९ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँले पहिचान र सार्मथ्यको आधारमा स्वायत अधिकार सम्पन्न संघिय प्रदेशहरु बन्नुपर्ने बताउनुभएको छ । मधेसी पत्रकार समाज पर्साले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा गरेको पत्रकार सम्मेलनमा मियाँले मधेसमा दुई प्रदेश सहित आठ प्रदेश हुनुपर्ने बताउदै एतिहासिक मधेस आन्दोलन र थरुहट आन्दोलनले देश भित्र वर्गाीय ,जातीय , लैङ्गिक,उत्पीडन र बिभेदमा परेका सवैलाई समेटन सक्ने तथा स्थिरता र शान्ति कायम गर्न सक्ने बिश्वास व्यक्त गर्नुभयो। अध्यक्ष मियाले पर्सामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघिय समावेसी मधेसी मोर्चाले बिगत ११ दिन देखि मधेस बन्द गरी आन्दोलन गरिरहेको हुनाले आफनो पार्टीको बिचार र सिद्धान्त मिल्ने मोर्चा संग मात्र कार्यगत एकता गर्ने बताउनुभयो । वहाले भोलिदेखी आफनो पार्टीले निर्णयक आन्दोलन गर्ने दावी पनि गर्नुभयो। पर्सामा भईरहेको आन्दोलनलाई वहाले जुगाँको लडाई भन्दा पनि मधेस केन्द्रित गर्न सुझाव दिनुभयो। वहालेबन्द शैक्षिक संस्था सम्बन्धमा पुनः बिचार गर्न मोर्चाका नेताहरुलाई आग्रह पनि गर्नुभयो । वहाले जारी आन्दोलनमा दसरकारले मधेसमा पहाडी र मधेसी समुदायको दंगा गराउने चलखेल गरिरहेको आरोप लगाउनुभयो । कैलालीको टिकापुरमा प्रशासनको सहयोगमा पहाडी समुदायका एक समुहले थारुहरुको घर जलाउनु र त्यसको मुकदर्शक भएका नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिननसक्नु निन्दनिय कार्यभएकोबताउदै वहाले सो घटनामा खेद व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य कृपासिन्धु चौधरी, पर्सा जिल्ला सचिव ईश्वर यादव, जिल्ला नेताहरु सुधिरनाथ पाण्डे,रामअज्ञया कुशवाहा, बिरेन्द्र यादव, महिला नेतृ जमिला खातुन, सीता पटेल लगायतको सहभागिता थियो ।