वीरगंज, साउन १ । सावनमे देवघर चली भोजपुरी गीतको हिजो वीरगंजको घण्टाघरमा एक कार्यक्रम गरी निर्माता कौशल राजले बिमोचन गर्नुभएको छ । गीतमा स्वर डिके दिपेन्द्रको रहेको छ भने गीतलाई रविकान्त मिश्रले निर्देशन गर्नु भएको छ । गीतमा मुना मुस्कानको संगीत रहेको । कौशल राज निर्माता रहेको गीतमा ईडिटर भरत साह कानु, अभिनेता कौशल राज, अभिनेत्री रेना श्रीवास्तव, सल्लाहकार पवन कुमार, नितेश कुमार राम, राज विक्रम कुमार रहनुभएको छ ।