चितवन, १६ जेष्ठ÷बैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पनबाट बढी क्षति भएका चितवनका चार पहाडी गाविसमा नेकपा (एमाले) चितवनले स्वयंसेवक परिचालन गरेको छ । एमालेले चितवनका भूकम्पबाट बढी प्रभावित दारेचोक, काउले, सिद्धी र लोथरमा स्वयंसेवक परिचालन गरेको हो ।

पार्टीले एक गाउँ विकास समितिमा तीन वटा समूहका दरले १२ समूह निर्माण गरी परिचालन गरिएको पार्टी अध्यक्ष जे.एन.थपलियाले बताउनुभयो । उहाँका अनुसार प्रत्येक समूहमा एक जना स्वास्थ्यकर्मीसहित युवा, विद्यार्थी, महिला, किसान, मजदुरको प्रतिनिधित्व रहेको छ । समूह १० जनाका दरले निर्माण गरिएको छ । चार गाविसमा जाने १२ वटै समूहको जिल्ला कमिटिका सदस्यहरुले संयोजन गरेका छन् ।

अहिले परिचालित समूहले एक हप्तासम्म कार्य गर्ने र उक्त टोलीको ठाउँमा पुनः अर्काे हप्ता अर्काे टोली पठाउने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । स्वयंसेवकहरुले भत्किएका घरहरुबाट खाद्य सामग्रीहरु सुरक्षीत रुपमा बाहिर निकाल्ने, पुरिएका पशुपंक्षी भए सुरक्ष्ाित रुपमा गाड्न सहयोग गर्ने, गाउँघरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी अस्थायी घर टहरा निर्माण गर्ने, पीडित परिवारको बालीनाली गोडमेल, थन्काउने र नयाँ बाली लगाउने कार्यमा सहयोग गरिरहेको एमाले चितवनका प्रचार बिभाग प्रमुख अरुण पिडित भण्डारीले बताउनुभयो ।

स्वयंसेवक टोलीमा खटिई जानेहरुको लागि आवश्यक रासन तथा खाद्य सामग्री पार्टीले नै व्यवस्था गरेको भण्डारीले जानकारी दिनुभयो । स्वयम्सेवा अभियानको शनिवार केन्द्रीय अनुगमनकर्ता एवम् पार्टीका स्थायि कमिटिका सदस्य छविलाल विश्वकर्मा, सभासद कृष्ष्ण भक्त पोख्रेलले क्षेत्र नम्वर ३ मा र केन्द्रिय सदस्य कृष्ण खनाल, जिल्ला अध्यक्ष जेएन थपलिया, जेपी भेटवाल लगायतले क्षेत्र नम्वर १ र २ मा अनुगमन गनुृभएको छ ।

यसैबिच नेकपा–माओवादी नवलपरासी सहित अवधबाट गएको माओवादीका कार्यकर्ताहरुले रसुवाको विभिन्न क्षेत्रमा विद्यालय निर्माणमा जुटेको छ । रसुवाको धैवुङ गाविस अन्तरगत वेतिनी वद्छलादेवी निमावि ५ दिनसम्म भत्किको भवन हटाएर चार कोठा भवन निर्माण सकेको नेकपा माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले बताउनुभयो ।

टोलीले जस्ता पाताको प्रयोग गरि विद्यालयको चार कोठे भवन निर्माण गरेको हो । १० गतेबाट सरुवामा नवलपरासी, रुपन्देही र कपिलवस्तुका गरी २० जना वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीका कार्यकर्ताहरु निर्माणमा लागेका छन् । त्यसैगरी धैवुङ्ग कै सोही गाउंमा भुकम्पले घर भत्किएर अपाङ्ग र घाइते भएकाहरुको घर भत्काएर घर भित्री पुरिएका अन्न निकाल्न सहयोग गरेको बताउनुभयो ।

धैवुङ्गमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरु समेत सहभागी थिए । त्यसैगरी अहिले सरुवा जिल्लाकै ठूलो गाउं गाविसका भूमेदेवी मावि पुरिएका समान निकाल्ने र भवनका भत्किएका संरचना सफा गर्ने काम चलिरहेको छ । भूमेदेवी माविको भवन सरसफाई गर्न र निर्माणमा नेपाली सेनाको टोलीले समेत सघाएको लम्सालले बताए ।