वीरगंज, १ जेठ÷ गएको भुकम्प तथा पराकम्पनले गर्दा थारु संस्कृतीको भवन नष्ट भएको छ पर्सा जिल्लाको बेलवा गाविस वडा नं. ७ सोलखपुर थारु टोलमा सो भेगकै नमुना तथा उद्धाहरणको रुपमा निर्माण गरिएको थारु संस्कृतिको जगेर्ना तथा थारु परमपराको पहिचानलाई सुरक्षित गरेको सो सार्वजनिक पक्की भवन अहिले नष्ट भएकोमा स्थानीय थारु समाज सेवीहरु मर्माहत भएको स्थानीय शिक्ष्ँक केशव तिमलसिनाले बताए ।

बिरगंज नगरपालिका तत्कालिन नगरप्रमुख प्रदिप सुवेदीको आर्थिक तथा प्रविधिक सहयोगमा सो भवन निर्माण भएको हो सो एैतिहासिक तथा परमपरागीत भवन निर्माणको कुल खर्च १६ लाख लगानी भएको तत्कालिन बेलवा गाउ पञ्चायतका प्रधान पञ्च मुखदेव पंजियारले आज बताए ।

यस भवनको क्षतीले यस भेगका थारु लगायतको सांस्कृति संरचनाको संरक्ष्ँण तथा प्रदर्सन लोप हुने खतरा छ, भने यस भेगको बैवाहिक, धार्मिक, सभासमारोहको लागि पनि सो भवन उपयुक्त भएकोले स्थानीय बासिन्दाहरु चिन्तित भएका छन् ।

त्यसैले सो भवनको पुनर निर्माण सहित यस भेगको सांस्कृतिक, धार्मिक, वैवाहिक सभा सम्मेलन तथा संस्कृती विकास संरक्षणको लागि सक्दो स तत्कालिन प्रधान पञ्च मुखदेव पंजियारले बताए ।