वीरगंज १५ जेष्ठ । पर्सा क्षेत्र नं. १ का सभासद एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले भूकम्पको महाविपत्तिपछि राष्ट्रिय एकताको खाचो रहेको बताउदै संविधान निर्माण्ँ र भूकम्पद्वारा सिर्जित परिस्थितिको सामना गर्न सबै एकबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो ।

पर्साको सिर्सियामा आज नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभासद अमात्यले मुलुकको नवनिर्माण्ँ र पुननिर्माण्ँको महाअभियान सञ्चालन गर्ने पार्टी कार्यकर्ताहरु एकताबद्ध भई मोर्चा सम्हाल्नु पर्ने बेला आएको कुरामा जोड दिनुभयो । उहाले पार्टीको महाधिवेशन समेत निकट भविष्यमा आईरहेको हदा सबै कार्यकर्ताहरु आपसमा फुटेर होईन जुटेर अगाडी बढन आग्रह गर्नु भयो ।

सभासद अमात्यले महाभुकम्पमा परि ज्यान गुमाएका नेपालीहरु प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नु भयो । त्यसैगरी अर्का सभासद एवं नेपाली कांग्रेसका नेता अनिल रुंगटाले राजनैतिक स्वार्थलाई त्यागेर विकास निर्माणमा सबै एक जुट भई अगाडी बढनु पर्ने बेला आएको बताउ“दै नेपाली कांग्रेसका सवै कार्यकर्ताहरु संस्थागत रुपमा आ–आफ्नो क्षेत्रमा क्रियाशिल हुन आग्रह गर्नु भयो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रिय सभापति विजय सर्राफको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व सभासद ओम प्रकाश शर्मा, जिल्ला विकास समिति पर्साका पूर्व सभापति जनाद्र्धन सिंह क्षेत्री, महासमिति सदस्य ध्रुव नेपाल, नेविसंघका केन्द्रिय सदस्य इम्तियाज आलम, वैकुण्ठ श्रीवास्तव, नेपाल पे्रस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, नगर सभापति महम्मद सहाबुद्दिन, शान्ति कार्की, राधा कार्की, किरण सरकार लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।