वीरगंज, १४ असार÷ माङवारी युवा मञ्च वीरगंजले भूकम्पले सामाजिक र आर्थिक क्षेत्रमा पारेको प्रभावबारे पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मुख्य वक्ता बनाएर छलफल गराएको छ । स्थानिय होटल भीस्वामा आयोजित छलफलमा पाण्डेले भुइचालोले ठूलो पाठ सिकाएको हुदा यसमा बाच्नेहरुले देशलाई अगाडि बढाउनु पर्ने सुझाव दिनुभयो ।  वहाले भुइचालोपछि आएको वैदेशिक सहयोग पनि समस्याको रुपमा देखापरेको बताउदै वार्षिक १ खर्ब ४० अर्ब खर्च गर्न नसक्ने सरकारले प्राप्त वैदेशिक सहयोग ४ खर्ब ४० करोड कसरी खर्च गर्ने हो भन्ने समस्या जटिल रुपमा आईपरेको बताउनुभया ।

वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्माले हाईटीमा भएको क्षतिपछि प्राप्त वैदेशिक अनुदानले हैटीवासीलाई लाक्षी बनाएको बताउदैै नेपालमा आएको अनुदानले पनि त्यो परिस्थितिले ल्याओस भन्ने कुरामा सजगता आवश्यक भएको पनि बताउनुभयो । अर्थशास्त्रका प्राध्यापक इन्दुशड्ढर मिश्रले भूकम्पले दुःख दियो भने जप गर्न छाडेर विकासको काम गरेर देखाउन सुझावनु भयो । वहाले विनासले आफनो डियुटी पुरा गरी गएकोले अब त्यसको विकास गर्ने काम नेपाली जनताको दायित्व भएको बताउनुभयो । वहाले वैदेशिक सहायत घोषणाको कारण पुजीको अभाव परेको टरेको तर पुजी व्यवस्थापनको समस्या देखिएको बताउनुभयो । वहाले सरकारले वार्षिक तीन खर्ब खर्च गर्ने क्षमता अभिवृद्धि गर्नु पर्ने बताउनु भयो । निम्बसका संचालक अर्थ जानकार जगदीश अग्रवालले विपत् दुःखद भएपनि जहिले पनि खराब नहुने बताउदै देशमा आएको विपत्लाई सुःखदमा परिणत गर्न सबै तह र तप्काबाट ईमान्दार प्रयास हुनुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अशोक टेमानी, ओमप्रकाश सिकारिया, प्राध्यापक बालगोपाल उपाध्याय, इन्जिनियर मुन्ना सर्राफ, व्यवसायी महेन्द्र बहादुर अमात्य, पत्रकार महासंघका केन्द्रिय सदस्य शीतल महतो, पुर्व केन्द्रिय सदस्य महेश दास, पर्सा शाखाका पुर्व अध्यक्ष केसी लामिछाने, रितेश त्रिपाठीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण मारवाडी युवा मञ्च वीरगंजका अध्यक्ष विश्वकरण जैनले र सहजीकरण वीउवासंघका पुर्व अध्यक्ष अशोक वैदले गर्नुभएको थियो ।