बीरगंज, २८ भदौ । पर्साको मधुवनमथवल गाविसमा भालुले आक्रमणबाट एक युवक गम्भिर घाइते भएका छ्न । जंगलको सिमासंग जोडिएको मधुवनमथवल–५ बस्ने सुरेस उराँवमाथि भालुले आक्रमण गरेका हो । हिजो राती साढे सातबजे आफ्नै बारिमा छाप्रो बनाउन गएका बेला उराँवलाई भालुले आक्रमण गरेको थियो । आक्रमणमा परि गम्भीर घाइते भएका उराँवको नारायणी उप–क्षेत्रीय अस्पताल बीरगंजमा उपचार भैरहेकोे छ ।