वीरगंज, साउन ४ । भारतीय सीमा सुरक्षा बल एसएसपीले सिमावर्ती क्षेत्र भारतको रक्सौलको पन्टोकाबाट ब्राउन सुगरसहित दुई नेपालीलाई पक्राउ गरेको समाचार छ । एसएसपी सोम केरीङ्गको नेतृत्वमा खटेको टोलीले भारतबाट नेपाल भित्राउने क्रममा करिब डेढसय ग्राम ब्राउन सुगर वीरगंज छपकैया १ निवासी दिपक दास र जैनुदिन अंसारीलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि रक्सौलमा राखिएको प्रहरीले जनाएको छ ।