बीरगंज, १२ असार÷ भारतको पश्चिम बंगालबाट आएको पर्यटक बोकेको गाडीबाट रजनीगंधा, तुलसी र सुन काटने मेशिन बरामद भएको छ । अहिले राती ८ बजे रक्सौलबाट बीरगंज भित्रिएका पर्यटक रहेको डब्लु बि २९ ए २६४८ नम्बरको बसलाई इनर्वा गाउनिर प्रहरीले चेकजाच गर्दा चार कार्टुन रजनीगंधा र तुलसी तथा एकथान सुन काटने मेसिन बरामद भएको हो । पर्यटक भएको कारण प्रहरीले गाडीलाई छाडेको छ र समानलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले चेकजाच गर्ने क्रममा मौकाछोपी चालक भने फरार भएकाले पर्यटकहरुलाई बिजोग परेको स्थानियहरुले बीरगंजपाटीलाई बताएका छन ।