वीरगंज,२६ भदौ । वीरगंजमा एक भारतीय नागरिकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । रक्सौलको मौजे टोल निवासी २५ वर्षीय महम्मद शम्सेर पेस्तोलसहित पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्जको रामटोलबाट अस्ती राति पक्राउ परेका शम्सेरलाई प्रहरीले हिजो सार्वजनिक गरेको हो । शम्सरेको साथबाट एकथान नलकुटवा पेस्तोल र त्यसमा लाग्ने आठ एमएमको तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले चढेको बिआर २२ एम ३२६३ नम्बरको मोटरसाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइलको सिट मुनि लुकाएर राखिएको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको हो । शम्सेर यसअघि सुन पसल लुटपाट काण्डमा  पक्राउ परेका थिए ।