कलैया, साउन ४ । जिल्ला प्रहरी कार्यालय बाराले १४ सय भारतीय चल्ला नष्ट गरेको र करिब पौने दुइलाख बराबरको भंसार छलि भित्रिएको समान वीरगंज भंसार कार्यालयमा पठाएको जनाएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ भरतचोकबाट भारतीय चल्ला १४ बरामद भएको र सरोकारवालहरुको रोहबरमा नष्ट गरिएको बारा प्रहरीले जनाएको छ । यसैगरी विभिन्न मितिमा बरामद भंसार छलिका दाल, बल्ब, कस्मेटिक गरी १ लाख ७१ ह्जारको समान वीरगंज भंसार कार्यालयमा पठाएको बारा प्रहरीले जनाएको छ ।