वीरगंज अषाढ २६

सलमान खान ‘रेस ३’मा खास दौडन सकेनन् । खुबै अपेक्षा गरेको फिल्मले सलमानको ‘ट्युबलाइट’ कै नियति बेहोर्यो । सलमान खान यतिबेला फेरि नयाँ फिल्म सुटिङको तयारीमा छन् र यो फिल्मको नाम रहेको छ, ‘भारत’ । यही ‘भारत’मा प्रियंका चोपडा रहने यसअघि नै टुंगो लागिसकेको हो । ‘जय गंगाजल’ खेलेर तीन वर्षअघि हलिउड हान्निएकी प्रियंकाले यही फिल्मबाट बलिउड पुनरागमन गर्ने भएकी छिन् ।तर सुटिङको मुखैमा आएर निर्देशक अलि अब्बास जफरले फिल्ममा कट्रिना कैफलाई पनि भित्र्याएको खबर छ । फिल्ममा अब सलमानले प्रियंकासँगै कट्रिनासँग पनि स्क्रिन सेयर गर्नेछन्।अलि अब्बास जफरकोे पहिलो फिल्म ‘मेरे ब्रदर कि दुल्हन’मा कट्रिना मुख्य भूमिकामा थिइन् । यही कारण दुवैबीच राम्रो सम्बन्ध छ । यसैगरी अलिले प्रियंकालाई लिएर ‘गुन्डे’ बनाएका थिए जुन हिट फिल्ममा पर्छ । अलिले पुरानो सम्बन्धलाई प्रयोग गर्दै प्रियंकालाई फिल्मका लागि मनाएका थिए भने कट्रिना पनि फिल्मको हिस्सा बन्न राजी भएकी छिन्।ऐतिहासिक कथामा बन्न लागेको फिल्मले सन् १९७० को एक घटनालाई विषय बनाएको छ । अलिको पछिल्ला निर्देशन ‘टाइगर जिन्दा है’ सफल मानिएको थियो । सोे फिल्ममा पनि सलमान र कट्रिना देखिएका थिए ।