बुटवल, साउन ३ – रुपन्देहीमा प्रहरीले झण्डै तीन लाख रुपैयाँ बराबरको कुखुराका चल्ला नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पजरकट्टि गाविस ५ बाट २ लाख ८२ हजार रुपैयाँ बराबरका ३ हजार ६ सय ओटा कुखुराका चल्ला बरामद भएको हो ।
बरामद गरिएका चल्ला भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ । भारतबाट अबैध रुपमा कुखुराका चल्ला नेपाल भित्राउने क्रम बढेपछि प्रहरीले सीमा क्षेत्रहरुमा निगरानी पनि बढाएको छ ।