वीरगंज अषाढ १४

भारतको मुम्बईमा बिहीबार दिउँसो एक चार्टर गरिएको विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चारजना विमानमा सवार र एकजना जमिनमा रहेका व्यक्ति परेका त्यहाँका अधिकारीहरुले जनाएका छन् ।विमान पूर्वी मुम्बईको आवासीय क्षेत्र घट्कोपारमा निर्माणाधीन भवनमा दुर्घटनाग्रस्त भएको हो ।विमान अवतरण गर्न पाइलटले प्रयास गर्दैगर्दा दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।उक्त विमान उत्तर प्रदेश सरकारले सन् २०१४ मा एकजना व्यक्तिलाई बिक्री गरेको त्यहाँको प्रहरीको भनाइ छ ।