३० वैशाख, वीरगंज-भारतको पश्चिम बंगाल सरकारले नेपाली भूकम्प पीडितहरूको लागि करिब साढे पाच करोड बराबरको राहत सामग्री पठाएको

                पश्चिम बंगाल सरकारका डिपार्टमेन्ट अफ नर्थ डेभलपमेन्ट मन्त्री गौतम देवले आज बिहान १ः३० बजे नेपाल–भारत सिमास्थित शंकरआर्चाय  गेटमा नेपालका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीलाई सो राहत सामग्री हस्तान्तरण गरेका छन्

पश्चिम बंगाल सरकारको तर्फ बाट ५० हजार थान त्रिपाल, हजार किलो चिउरा, दाल १५०० किलो, हजार किलो मिठा, हजार किलो बालबालिकाहरूको लागि खाद्य सामग्री हजार थान कम्बल, हस्तान्तरण गरिएको पर्साका  प्रजिअ केशव घिमिरेले जानकारी गराएका छन्

                प्रजिअ घिमिरेले २८ वटा ट्रकमा सो राहत सामग्री ल्याइएको हस्तान्तरण गरिएको बताए हस्तान्तरण कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला पर्सा तथा रक्सौलका सुरक्षाकर्मीहरूको सहभागीता थियो