वीरगंज, २७ असार ÷ भारत पन्जाब प्रान्तमा रहेको लभली प्रोफेसनल युनीभरसिटीका सहायक अन्र्तराष्ट्रिय निर्देशिका डा. प्रिया कौशलले पत्रकार सम्मेलन गरी एलपीयू. भारतको ठुलो युनिभरसिटी भएको दावी गर्नु भएको छ । निर्देशिका कौशलले बिश्वको ३६ भन्दा बढि देशका ३५ हजार बिद्यार्थीहरु सो युनिभरसिटीमा अध्ययन गरिरहेको पत्रकारहरुलाई जानकारी गराउनु भयो । वहाले नेपालको मात्र २ हजार बिद्यार्थीहरु सो विश्वविद्यालयमा अध्ययन गरिरहेको बताउदै शान्ति सुरक्षाको दृष्टिकोणले युनिभरसिटीमा ४ हजार सिसि क्यामरा मात्र जडान गरिएको बताउनुभयो । वहाले एलपीयुमा नेपालसमेत सार्क मुलुकका लागि एउटै शुल्क तय गरिएको र नेपालका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई ६० प्रतिशतसम्म छात्रवृति दिदै बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले गर्नुभएको थियो ।