वीरगंज, १० साउन । बारा नितनपुरस्थित भगवती स्टिल ईन्ड्रस्टिजको आधिकारीक ट्रेड युनियनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड यूनियनका सत्यनारायण साह अध्यक्षमा बिजयी भएका छन । नेकपा माओवादि केन्द्र निकट अखिल नेपाल मजदुर क्रान्तिकारी ट्रेड यूनियनलाई ६२ मत अन्तरले पराजित गर्दै समग्र उद्योग ट्रेड यूनियन विजयी भएको हो । २९४ मतदाता रहेकोमा २८२ मत मात्र खसेको थियो । जसमा समग्रले १६९ र अखिलले १०७ मत पाएको थियो भने ६ मत वदर भएको छ ।