वीरगंज श्रावण २२। नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणका लागि विरगंज भन्सार एजेन्ट संघले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल पत्रकार महासंघको ज्योती सभाकक्षमा आज एक कार्यक्रमका बीच भंसार एजेण्ट संघका विनोद परियारले एक लाख ५० हजारको चेक महासंघका अध्यक्ष श्याम बन्जरालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका कोषध्यक्ष अनुप तिवारी,पूर्व अध्यक्ष सत्रुधन नेपाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष बन्जराले एजेन्ट संघलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।