वीरगंज, २१ भदौ । वडा प्रहरी कार्यालय विर्ताले भन्सार छलेर लुकाइ राखेको अवस्थामा १५ लाख बराबरको बिभिन्न कपडा बरामत गरेको छ । सुराकीको आधारमा प्रहरी निरिक्षक अनिष कर्ण नेतृत्वको टोलीले वीरगञ्ज ५ स्थित उमाशंकर पण्डितको घरमा रहेको गोदामबाट अबैध कपडा बरामत गरेको हो । बरामत कपडाहरुको लिलामी प्रक्रिया र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाउन वीरगञ्ज प्रहरीले बिशेष सुरक्षा योजना लागू गरेको छ ।