वीरगंज, १४ भदौ । बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्षको अगष्ट ३० तारिख आजका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । नेपालमा बेपत्ता पारिएकाको संख्या ३ हजार एकसय १४ रहेको छानबिन आयोगको तथ्यांक भएपनि शान्ति मन्त्रालयसँग भने करिब १५ सय जना बेपत्ता भएको तथ्यांक मात्रै छ ।