बीरगंज २ माघ ÷ बीरगंज उद्योग बाणिज्य संघको सबै पदाधीकारीहरु आज निर्बिरोध चयन भएका छन ।अध्यक्षमा ओमप्रकाश शर्मा, उपाध्याक्षहरुमा बरिष्ठ ऊपाध्याक्ष गोपाल केडिया, द्वितीय उपाध्याक्ष सुबोध गुप्ता, महासचिबमा सुनिल कुमार खेतान, सचिबहरुमा मनोज दास र माधबराज पाल, कोषाध्याक्षमा रबिन्द्र बर्णवाल र सहसचिबहरुमा प्रमचन्द्र गोयल र हरि गौतम सर्वसम्मत चयन भएका छन । यसअघि कोषाध्याक्षमा रबी बर्णवाल, दिपक कुमार टिबडेवाल र नवनित अग्रवालको बिचमा प्रतिस्पर्धा हुने निश्चित भएपनि पछि सर्बसम्मत भएको थियो त्यस्तै सहसचिबमा मनोज शर्माले पनि उम्मेदवारी दर्ता गरेको भएपनि फिर्ता लिएपछि सबै पद सर्वसम्मत भएको हो । अव बाँकी रहेको रोजगारदाताको तर्फबाट तृतीय उपाध्याक्षमा अनिल पटवारी अग्रवालको नाममा सहमति बनेको छ । यस भेगमो आर्थिक नेतृत्व गर्न महत्वपूर्ण भूमिका भएको बीरगंज उद्योगा बाणिज्य संघको सर्वसम्मत नेतृत्वले अव यस भेगको आर्थिक नेतृत्व गर्ने भएको छ भने निकै अनुभबी र राजनीतिक छबि भएका ब्यक्ति ओमप्रकाश शर्मा अध्यक्ष हुनुभएकोले उहाँको कार्यकालमा सलामी, गुलामी र स्वागतमा लाखौं खर्चिने परम्पराको अन्त्य हुने र संघको कोषलाई आर्थिक मितब्यीताको आधारमा औद्योगिक शान्तिको लागि सबै प्रकारको श्रोत र साधन प्रयोग हुने अपेक्षा समेत गर्न थालिएको छ ।