बीरगंज, पुस २० गते । नेकपा एमाले पर्सालले बीरगन्ज महानगरलाई २ नम्बर प्रदेशको राजधानी बनाउन आन्दोलनमा उत्रिने जनाएको छ । बीरगन्जको ऐतिहासिक महिमा र भौतिक पूर्वाधारको तुल्नामापनि प्रदेश २ अन्तर्गतको अन्य शहर भन्दा बीरगन्ज अव्वल रहेकोले यसलाई राजधानी बनाउन एमाले पर्साको ठहर छ । प्रेस चौतारी नेपाल पर्साले आयोजन गरेको पत्रकार सम्मेलनमा एमाले पर्सा संयोजक प्रभु हजराले मध्य तराईको विकाशकोलागि बीरगन्जमा प्रदेशको राजधानी कोसेढुंगा साबित हुने बताउनु भयो । रैतिलाई प्र्रजा र प्रजालाई नागरिक बनाउने आन्दोलनको शंखनाद तथा मधेश अँन्दोलनलाई अन्तराष्ट्रिय करण पनि बीरगन्ज बाटै भएकोले यसलाई राजधानी बनाउनै पर्ने मांग एमाले पर्साले गरेको छ । बीरगन्जलाई राजधानी बनाउने आन्दोलनको पक्षमा एमालेको सिंगो पार्टी पक्तीको साथ समर्थन रहने एमाले संयोजक हजराले बताउनु भयो । रोजगारी र विकाशको महत्वकोलागि बीरगन्जलाई राजधानी बनाउन जारी संघर्षमा आम जनमानसलाई सहभागी हुन एमाले पर्साले आग्रह पनि गरेको छ । प्रेस चोतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व सांसद बिचारी यादव, राजकुमार गुप्ता , एमाले नेता गंगा खड्का, बलिराम साह , शम्भु गुप्ता , पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,पूर्व अध्यक्ष केसि लामिछाने, चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण संजिव मिश्राले गर्नु भएको थियो ।