वीरगंज, १७ माघ। आज २८ औं दिन प्रादेशिक राजधानीको माग गर्दै घण्टाघरमा रिले अनशनमा  जारी  युवा सङ्घ नेपाल यनगर कमिटीका अध्यक्ष्ँ इमरान हुसेनको अध्यक्ष्ँतामा रिले अनशन गरिएको छ । २८ औं दिनको रिले अनशनमा नेविसङ्घका दिलीपराज कार्की, युवा नेता ओमप्रकाश सर्राफ, नेकाका क्षेत्रीय सभापति अरविन्द गुप्ता, एमालेका युवा नेता तेजप्रकाश निषादलगायतको सहभागिता छ । नेशनल मेडिकल कलेजका प्रबन्धक बसरूद्दीन अन्सारीले वीरगंज प्रादेशिक राजधानी घोषणा भएको खण्डमा मुख्यमन्त्रीको लागि १ करोड ५६ लाखको सवारी दिने घोषणा गरे । उनले वीरगंजको आर्थिक अवस्था देशमै सबैभन्दा सुदृढ भएकोले मुख्यमन्त्रीलाई गाडी दिने घोषणा गर्नु भयो। उनले राजधानी घोषणा भएको खण्डमा मुख्यमन्त्रीलगायत प्रादेशिक मन्त्रीहरू र मन्त्रालय सञ्चालनको लागि वीरगंज सङ्घर्ष समितिले थप सेवासुविधा उपलब्ध गराउने बताए ।