बीरगंज, २४ साउन ÷ सभासद अनिल रुगँटाले देश संघियतामा गैसकेकोले अब वीरगंजलाई आर्थिक राजधानी बनाउनु पर्ने बताउनु भएको छ । वीरगंजबाट प्रकाशित भोजपुरी टाईम्स दैनिक पत्रिकाको आज विपीसीमा आयोजना गरिएको प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभासद रुंगटाले सिमांङकनको विवाद राजनीतिक विशेष समितिले टुङ्गगाएकोले अब चाँडै संघियतासहितको संविधान जारी हुने बताउनुभयो । वहाले संघियतासंगै अब वीरगंजलाई नेपालकै आर्थिक राजधानीको रुपमा विस्तार गराउन सबै वग, समुदाय जुटनुपर्ने बताउनुभयो । वहाँले भोजपुरी भाषा समृद्ध भाषा भएको संघियतापछि वीरगंज भोजपुरी भाषाको केन्द्र पनि हुने भएकोले भोजपुरी भाषामा प्रकाशित पत्रिकाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विपिसीका निर्देशक प्रा. डा.दिपक शाक्य , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शीतल महतो, शाखा अध्यक्ष श्याम बन्जारा, नेपाल पे्रस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, , ने.वि.संघका केन्द्रीय सदस्य इम्तीयाज आलम, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेल, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, मधेशी पत्रकार संघ पर्साका अध्यक्ष मनोज पटेललगायतले पत्रिकाको वार्षिकोत्सवमा शुभकामना व्यक्त गर्नुभएको थियो । वार्षिकोत्सवमा पत्रिकालाई सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सलमा खातुनले गर्नुभएको थियो ।