बीरगंज,२९ माघ । प्रहरीले हुण्डी कारोबारमा संलग्न ४ जनालाई ठूलो परिमाणको रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत रहेका छन् ।राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौल रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद दुई बोरा कागजपत्रहरु, मोबाईल ६ थान लगायतका समान समेत बरामद गरेको छ । पक्राउ परेका मध्ये राजेश घरधनी हुन् भने बिनित कर्मचारी र मनोज मनीचेन्जरका संचालक रहेको प्रहरीले जनाएको छ ।प्रहरीले  वीरगञ्जको लिंक रोडमा रहको दक्षिणकालीअटोपार्टसको आडमा हुण्डी कारोबार भईरहेको सूचनाको आधारमा प्रहरी टोलीले छापामारी गरेर उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी बताए ।