बीरगंज २ माघ – नेपाल रेडक्र्स सोसाइटी पर्सा र जिल्ला बिपद ब्यवस्थापन समिती पर्साको आयोजनामा आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७४ मनाइएको छ ।
बिरगंजको घन्टाघरबाट प्रभातफेरि कार्यक्रमको आयोजना गरि माइस्थान मन्दिरको पार्क सम्म पुगि सो प्रभातफेरी कोण सभामा परिनत भएको थियोे ।
कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले भुकम्पबाट वचन बचाउन अपनाउनु पर्ने उपायहरुको बारेमा सबैले जानकारी लिनु पर्ने कुरामा जोड दिनु भएको थियो, कार्यक्रमको सभापति एवं रेडक्र्सका सभापति फुलमहम्मद मियाले भुकम्प कब र कहिले आउने सो को बारेमा कसैलाई जानकारी नरहेकोले प्राथमिक उपचारको बारेमा जानकारी र प्राथमिक उपचार तालिम सबैले लिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कोण सभामा स्थलमा बिपद जोखिम न्यूनीकरण कार्यक्रम अधिकृत उमेश मिश्राको निर्देशनमा रेडक्स स्वयंसेवकहरुद्वारा भुकम्प आउँदा अपनाउनु पर्ने उपाय बारे नाटक गरि सहभागी सबैको मस्तिष्क मन्थन गर्ने कार्य गरेका थिए, नाटक पश्चात् भुकम्पबाट ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन गरि मुत्कहरुको आतमाको चिर शान्तिकोलागी मौन धारन गर्ने कार्य समेत सहभागीहरुबाट गरिएको थियो, कार्यक्रममा रेडक्र्स उपसभापति मधु राणा, प्रहरी नायब उपरीक्षक राजन लिम्बु, ट्राफिक निरीक्षक सुरेस शाह, भवन तथा सहरि डिभिजन कार्यालयका प्रमुख, बिर्ता वडा प्रहरी निरीक्षक अनिश कर्ण, सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र धामी, रेडक्र्स पर्साका कोषाध्यक्ष महन्थ यादव, दयाशन्कर सिंह, जुम्मादिन शेष हवारी, गोबिन्द शाह, साबिर अहमद, युवा नेता एवं समाजसेवी अरबिन्द सिंह,प्रभाकर गुप्ता, सरोज चौरसिया, बद्री तिवारी, अन्जली त्रिपाठी, स्वेता छेत्री, निर्मल सराफ, भरत शर्मा, राजा रौनियार, कृष्ण रौनियार, रानी गुप्ता, नन्दन कुमार, लक्ष्मिनारायन राउत, राजु शाह, रामनरेश यादव, नितेश कुमार शाह, अम्रेस यादव, रेडक्र्स प्रेमी, सन्चारकर्मि, प्रहरीहरुको उल्लेखनीय सहभागीता रहेको थियो भने कार्यक्रम सन्चालन रेडक्र्स शाखा अधिकृत उदयराज शर्माले गर्नु भएको थियो र कार्यक्रमको समन्वय तथा ब्यवस्थापन रेडक्र्सका सहायक राजन श्रीवास्तवले गर्नु भएको थियो ।