प्रस, बीरगंज, १७ असार ÷ नवजात शिशुको उपचारमा हेलचक्रयाई गरिएको भन्दै पिडितका आफन्तहरुले आज बीरगंजको एक निजी अस्पतालमा विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दिएका छन ।

बीउमनपा–१८ निवासी अवधेस सर्राफले छोरा जन्मेको तीनदिनको दिन ज्वरो लागेर आशाराम अस्पतालमा देखाएको र त्याहा नवजात शिशुलाई औषधिले रियाक्सन गरी देब्रे हात कालो भएको बताए । पछि अस्पतालले १२ हजार सहयोग गरेर भारतको मोतिहारीमा डा. संतोष सिंहको क्लिनिकमा पठाएको र त्याहा पनि उपचार सम्भव नभएपछि पटना जान भनेको र पटनामा हातको अप्रेसनमा ५० हजार भारु माग भएको र सो रकम आफनो आर्थिक अवस्थाले थेग्न नसक्ने भएपछि फिर्ता आएको बताए । पिडित सर्राफले बालकको उपचारसहितको क्षतिपुर्तिका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरी बारे सहायक प्रजिअ अनुज भण्डारीले छानविन गरिने बताउनु भयो ।

घटना बारेमा आशा राम अस्पतालको संचालिका निभा दासले तीनदिनको दिन आएको सो बालकको तौल केलव २ किलो मात्र भएको अवस्थामा अस्पतालले सक्दो राम्रो उपचार गरी जेष्ठ २३ गते भर्ना भएको विरामी नवजात शिशुलाई जेष्ठ ३० गते राम्रो अवस्थामा डिस्चार्ज गरेको बताउनु भयो । वहाले अस्पतालको लापरवाहीले त्यस्तो नभएको र हाल उनिहरुबाट क्षतिपुर्ति माग्ने काम भएको बताउनुभयो ।