बीरगंज, २८ भदौ । बीरगंजका पत्रकार महिलाहरुले आज तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरे । स्थानिय सगुन होटलमा आयोजित दरखाने कार्यक्रममा पत्रकार महिला समुह पर्साका अध्यक्ष लक्ष्मी खरेललगायत पत्रकार महिलाहरु मयामितु न्यौपाने, सलमा खातुन, माधुरी महतो, कविता मैनाली, समिना रंजितकार, मालती सहनी, निलिमा पौडेल, कविता क्षेत्री, रोशनी श्रेष्ठलगायतको सहभागिता थियो । पत्रकार महिलाहरुले सो अवसरमा केहीबेर नाचगान पनि गरेका थिए । विगत केहीवर्षदेखी महिलाहरुको सबैभन्दा ठुलो चाड हरितालिका तीजको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्दै आएका पत्रकार महिलाहरुले यसवर्ष भने मधेश आन्दोलन र शहरमा जारी कर्फयुको कारण सांकेतिक रुपमा पत्रकार महिलाहरु सहभागि भएर पर्व मनाएको बताए ।