वीरगंज श्रावण १३

नेपाल आयल निगमले काठमाडौंमा २४ घण्टा खुल्ने गरी नमूना ९स्मार्ट० पेट्रोल पम्प चलाउने योजना अघि सारेको छ । निगमले काठमाडौंमा २४ घण्टा नै सेवा दिने गरी पम्पहरु सञ्चालनमा नरहेको ठहर गर्दै सर्वसाधारणको सुविधा लागि नमूना पम्प सञ्चालनको योना अघि सारेको हो ।आयल निगमका सञ्चालक समितिका अध्यक्ष तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयल निगमले उपत्यकामा हरेक समय सेवा दिने गरी पट्रोल पम्प सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले शुक्रबार भएको साधाराणसभामा पनि यसबारे जानकारी गराएका थिए ।काठमाडौंमा यस किसिमको पम्प आवश्यक रहेकाले योजना अघि सारिएको निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले निगमले निजी क्षेत्रलाई पनि नमूना पेट्रोल पम्प सञ्चालनका लागि प्रस्ताव मागेको थियो ।जोखिम न्यूनीकरण र आधुनिकता भित्र्याउन भन्दै सरकारले शुरु गरेको नमूना पेट्रोल पम्पमा धेरै व्यवसायीले अनिच्छा प्रकट गरेका थिए ।