वीरगंज, साउन १२
बिशाल मेमेरियल फाउण्डेशनको पहिलो साधारण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुपक राज पाण्डेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी एन्फाका अध्यक्ष कर्मछिरिङ्ग शेर्पा हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहान, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, नेकपा एमाले बसुरुद्धिन अन्सारी, नेपाली काँग्रेसका नेता अरबिन्द गुप्ता, संघीय समाजवादी फोरमका नेता सुन्दर प्रसाद कुर्मी, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रसान्त लामिछाने, बिनोद परियार,निजामुदिन अंसारी, एन्फाका पदाधीकारीहरु लगायतकाले आ—आफ्नो धारणा राख्नुभएको थियो । साधारण सभामा बिभिन्न खेलप्रेमीहरुलाई सम्मान समेत गरिएका थियो ।