बीरगंज २ माघ ÷ पर्सा जिल्लाको बिरुवागुठी गाबिसको वडा नम्बर ५ निबासी ५२ घर परिवारका ४२३ मतदाता घर न घाटका हुने भएका छन । उनीहरुलाई स्थानीय बासिन्दाले गत २०२३ सालदेखि नै पहाडमा बिबिध खालको समस्याको कारण तराई आएपछि उक्त स्थानमा बसोबास गर्न दिइएको भएपनि मालपोत कार्यालय पर्साका भ्रष्ट एक कर्मचारीले किर्ते जालसाजी गरि थर र ठेगाना एवँ वतन नै छलेर अर्कैको नाममा गरेपछि बिचल्लीमा पर्ने भएका हुन । उक्त गाउँका पीडित परिवारले आज आफ्नै गाउँमा पत्रकार सम्मेलनको आयोजना गरि आफुहरुलाई न्याय दिलाउन आग्रह समेत गरे । २०२१ सालको नाप नक्सा अनुसार बुटेन भनि उल्लेख गरिएको १४ बिघा जग्गामा आफुहरु बसेको भएपनि त्यसलाई समेत अर्कैले बिक्री बितरण गनेर्् षडयन्त्र गरेपछि स्थानीयले बारम्बार प्रशासनको ध्यानाकर्षण गरेपनि अदालतले समेत आफुहरुलाई हालसम्म न्याय नदिएको धारणा राखे । उक्त जग्गा प्रेमराज भुर्तेल नाम गरेका ब्यक्तिले नक्कली श्रेस्ता कायम गर्न लगाई २०५३ सालमा नै बिक्री बितरण गर्न खोजेपछि स्थानीय बासिन्दाले त्यस कदमको बिरुद्धमा मुद्दा समेत हालेको र आऊँदो ५ गते पर्सा जिल्ला अदालतमा सुनवाई भएपनि नौ नम्बर न्यायधीशे आफुहरुलाई न्याय दिने कि नदिने भन्ने बारेमा आशंका जताएका छन । पत्रकार सम्मेलनमा गाबिसका पुर्ब अध्यक्ष गोकर्ण पाठक, स्थानीय बालकृष्ण श्रेष्ठ, पुर्ब अध्यक्ष बृजमोन चौधरी र स्थानीय सबै बासिन्दाको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष श्याम बन्जारा, पुर्ब अध्यक्ष के. सी. लामिछाने, कोषाध्याक्ष अनुप तिवारी, पत्रकारहरु भूषण यादब, जियालाल साह, अजय र्चौरसिया, इर्फान अली लगायतको संचारकर्मीहरुको सहभागिता रहेको थियो ।