वीरगंज,चैत्र ५
नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको माओवादीले वीरगंज र जितपुर सिमराका मेयर र उपमेयरलाई राजीनामा पत्र काटेको छ । पर्सा जिल्ला संयोजक आर्जनले हस्ताक्षर गरेको पत्र वीरगंज महानगरका मेयर बिजय सरावगी, उपमेयर शान्ति कार्की, जितपुर सिमराका मेयर डा. कृष्णा पौडेल,उपमेयर सरस्वती चौधरीलाई राजीनामा दिन चेतावनी सहित पत्र बुझाएको जनाएको छ । राजीनामा नदिएको खण्डमा भौतिक कारवाहीको चेतावनी दिएको छ ।