आज नेपाल कम्युनिष्ट पार्टीको नेता पक्राऊ परेका छन । अलौ निबासी बिगा चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राऊ गरि आवश्यक अनुसन्धान भैरहेको बताइन्छ । पक्राऊ परेकालाई अबिलम्ब रिहा नगरिएमा शसक्त आन्दोलन गरिने कुरा सेक्रेटरि बिज्ञान र जिल्ला इन्चार्ज आर्जनले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । उहाँहरुले घर घेरा हाली गिराफ्तार गरिएका चौरसिय आफ्नो पार्टीको बरिष्ठ नेता भएको उल्लेख गर्नुभएको छ । बिप्लव माओवादी का नेता चौरसिया भएको आशंकामा पक्राउ गरिएको समाचार छ । देशब्यापी रुपमा निर्बाचन बिथोल्दै हिँडेपछि त्यस्तो घटना यहाँपनि हुने आशंकामा उनलाई गिरफ्तार गरिएको बताइन्छ । यसबारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख डाक्टर गणेश रेग्मीसँग सम्पर्क राख्दा पक्राऊको बारेमा कुनै जानकारी नआएको बताउनुभयो ।