बीरगंज २४ मंसीर

बीरगंज उपमहानगरपालिकाको हुँदा खाँदाको बरिष्ठ अधिकृतको जागिरको अवधि ७ बर्ष बाँकी रहँदै सनकमा आएर राजनीतिक हैसियत प्राप्त गर्न हौसिएका शम्भु गुप्ताले पराजयको तितो अनुभव संगाल्न परेको छ । एमाले र माओवादी गठबन्धनको तर्फबाट निर्बाचन क्षेत्र नम्बर १ ख बाट प्रदेश सभाका उम्मेदवार बनेका एमाले युवा नेता गुप्ताले आज पराजय भोगेपछि अव यीनको राजनीतिक भबिष्य कस्तो हुने भन्ने बारेमा बिभिन्न खालका अनुमान समेत लगाउत थालिएको छ । बिभिन्न समाजीक संघ संस्थाको स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाको समेत कुशल नेतृत्वदायी भूमिका निर्बाह गर्नुभएको गुप्तालाई राजनीतिक यात्रा भने फापेन । संघीय समाजवादी फोरमको उक्साहटमा नगरपालिकाको जागिरबाट राजीनामा दिएपनि त्यहाँबाट धोका पाएपछि उनलाई एमालेले सारथी बनाएर प्रदेश सभाको उम्मेदवार बनाएको भएपनि पराजय भोगेपछि अव उनी के गर्लान बिभिन्न खालको अडकल काट्न समेत थालिएको छ ।
दीगो राजनीति गर्ने हु्न कि यो निर्बाचनलाई प्रयोग मात्र गर्न खोजेका हुन भन्ने बारेमा भने अहिले एमाले बृत्तमा पनि चर्चाको बिषय बनेको छ । यदी दिगो र संगठन निर्माण परिचालन र सुदृढीकरण गर्दै बिग्रे —भत्केका कार्यकर्ताहरुलाई सम्हाल्दै लोभिपापी र दीशाहीन, सिद्धान्तच्युत एवँ अवसरवादीको पहिचान गरि सुदुर भबिष्यको मार्गको लागि यो निर्बाचनलाई पनि प्रस्थान द्धार मानेर अघि बढेको खण्डमा उनीको आऊँदा दिनको राजनीतिक भबिष्य उज्वल रहेको अनुमान लगाउन थालिएको छ । यसबारेमा उनीसँग प्रतिक्रिया माग्न खोज्दा हाल अरुभन्दा पनि आफु आफ्नो गठबन्धन र उम्मेदवारलाई मतदान गर्ने र नगर्ने सबैप्रति आभार प्रकट गर्नुहुँदै बन्न लागेको बाम गठबन्धनको सरकारले बीरगंजमा कसैले कहिल्यै गर्न नसकेका बिकास निर्माण र जनताको जीवनस्तर सुधार्ने काम गरेर आऊँदो निर्बाचनमा पर्साबाट एमालेलाई कसैले हल्लाउन नसक्ने गरि लाग्ने प्रतिक्रिया समेत दिनुभयो ।
ा होगा कालिया,,