चितवन,७ भदौ । चितवन रत्ननगरमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफैले पालनपोषण गर्ने एक बालिकालाई जबरजस्ती गरेको आरोपमा रत्ननगर–७ बस्ने ४७ वर्षीय भेषराज जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जैशीले आफ्नै घरमा छोरीको रुपमा राखेको ९ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भएको हो। बालिकाको आफन्त कोहि पनि नभएको र जैशीले नै उनलाई बिगत ७ वर्षदेखि घरमा राखी पालनपोषण गर्दै आएका थिए । जैशीका दम्पतीलाई नै बुवा आमा भन्दै आएकी बालिका तिनै बुवाबाट जबरजस्ती करणीमा परेको प्रहरीले बताएको छ । गत मंगलबार भैंसी चराउन गएको बेला खगेरी खोला नजिकको झाडीमा बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छिन ।

स्थानीय आमा समूहका महिलाहरूले घटना थाहा पाएपछि उनीहरुको अगुवाईमा यो घटना प्रहरी समक्ष आएको हो । उक्त घटना मंगलबार घटेको थियो तर शनिबार मात्र प्रहरीले थाहा पाएको थियो । जबरजस्ती करणी गर्ने जैशीलाई प्रहरीले पक्राउ गरि जबरजस्ती करणीको मुद्दामा दायर गरेको छ । उनलाई म्याद थपगरि अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो। बालिका र आरोपितको मेडिकल जाँच गराइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ ।