बीरगंज, २९ साउन ÷ नारायणी उपक्षेत्रीय अस्पतालको पोषण गृहमा आज बिहान एक महिलाले तीन महिनाको बालकलाई छोडेर भागेकी छिन । बिहान ८ बजे तीनबर्षे दुधे बालकलाई पोषण गृह लिएर आएकी महिलाले त्याहा कार्यरत महिलालाई एकछिन काम परेकोले हेरीदिन आग्रह गरी गएकोमा हालसम्म नआएको बताइएको छ । बालक छोडेर जाने महिलाको पहिचान नभएकोले ती बालकलाई अहिले पोषण गृहमै राखिएको थाहा हुन आएको छ ।