वीरगंज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले अवैद्य रुपमा संचालित नौवटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जनाएनुसार जिल्लाको विभिन्न ९ स्थानमा संचालित मदिरा भट्टीहरु नष्ट पारिनुका साथै त्याहा उत्पादित करिब पाचसय लिटर तयारी मदिरा, ६ हजार ८ सय लिटर कच्चा मदिरा र ५ वटा मदिरा बनाउने मेशिन नष्ट गरिएको छ । यसैगरी हिजै कलैयामा विभिन्न सवारी साधनहरुको चेकजाच गरिएको र ४८ वटा मोटरसाइकलबाट २४ हजार राजस्व संकलन गरिएको सो कार्यालयले जनाएको छ ।