वीरगंज, मंसिर १७
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ ले आज वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ,वडा नं. १५ लक्ष्मण र वडा नं. २० हरपतगंजमा घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारी शम्भु गुप्ता, युवा नेता शिव जी गुप्ता, रामकिसोर सिंह पराग, अकलेश साह, महमुद अंसारी , मानदेव हजार ,गगनदेव पटेल लगायत स्थानिय नेता कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।