वीरगंज,मंसिर १५
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ ले आज वीरगंज महानगरपालिका वडा नं. ३२ रामवनमा चुनावी सभा गरेको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारी, युवा नेता अरुण यादव,शिवजी गुप्ता, रामकिसोर सिंह पराग ,राजेन्द्र यादव, किसमतिया देवी थरुइन, रेयाजुल अंसारी, नन्दकिसोर पंजियार, अर्चना देवी लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।