वीरगंज,मंसिर १४
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ ले आज वीरगंज महानगरपालिका वडा नं. १७ नगवामा घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवको नेतृत्वम भएको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शम्भु गुप्ता, एमालेका नेताहरु पुरेन्द्र किसोर लाभ,नवराज शर्मा, स्थानिय नेता रामाधार चौरसिया, अनवर मिँया, उदय सिलवाल, मनेजर साह, युवा नेता महमुद अंसारी, प्रभाकर गुप्ता, अकलेश साह लगायतको उपस्थिी रहेको थियो । यसैबिच गठबन्धनले वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा चुनावी सभा सम्पन्न गरेको छ । कृष्णा प्रणामी मन्दिर नजिक भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादव, प्रदेश सभा सदस्यका उम्मेदवार शम्भु गुप्ता, रहबर अंसारी, पर्सा संयोजक प्रभु हजार, बिश्म्भर शर्मा, बिना शर्मा, प्रभा खडका, गगनदेव पटेल, महमुद अंसारी लगायतको नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।